सदरलाइनडटकम,
बुटवल : इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान चाडका अवसरमा प्रदेश ५ सरकारले बुधवार (भोली) सार्वजनिक बिदाको घोषणा गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर बकर–ईदका अवसरमा बिदा घोषणा गरेको हो ।
मुस्लिम समुदायको दोस्रो ठूलो महत्वपूर्ण चाड बकर–ईदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
यसअघि गणतन्त्र दिवसका अवसरमा प्रदेश पाँच सरकारले सार्वजनिक बिदाको घोषणा गरेपनि अधिकाँश सरकारी कार्यालयहरु खुलेकाले प्रदेशका मन्त्रीहरुले केन्द्र सरकारको आलोचना गरेका थिए ।
