काठमाडौंः पूर्वी कंगोमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले अन्य २७ जनापनि इबोलाकै कारण ज्यान गुमाएको आशंका गरेका छन् । दक्षिण किभु प्रान्तमा अगस्ट १ तारिखमा इबोलाका ४४ बिरामी भेटिएको र अन्य स्थानमा समेत शंकास्पद बिरामी फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गोमा शहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले बताएका छन् । कंगोमा इबोलाको प्रकोप सन् १९७६ देखि अहिले दशौँ पटक देखिएको हो । पहिलो पटक कंगो नजिकै रहेको इबोला नदीमा उक्त रोगको पुष्टी भएको थियो । हाल दक्षिण किभुको बेनी क्षेत्रमा इबोलाको प्रकोप फैलिएको छ । उक्त स्थान युगाण्डा र रुवाण्डाको सिमा क्षेत्रमा पर्दछ । (एजेन्सीको सहयोगमा)
