राप्ती नदीमा बेपत्ता दुबै जनाको शव भेटियो

२ असार २०७७, मंगलवार १४:०१
 

सदरलाइनडटकम,
कोहलपुर : बाँकेको राप्तीसोनारी गाउँपालिका अगैयामा सोमवार भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिक्टा सिचाइँ आयोजनाको ब्यारेजबाट राप्ती नदीमा ट्रयाक्टर खस्दा बेपत्ता भएका चालकको शव भेटिएपछि दुई जनाको मृत्यु भएको पुष्टि भएको हो ।
सिक्टा सिचाइँ आयोजनाको ब्यारेजबाट सोमवार दिउँसो ना ७ त ५१८ नम्बरको ट्रयाक्टर नदीमा खस्दा तीन जना बेपत्ता भएका थिए । दुर्घटनालगत्तै बेपत्ता एकजनाको जिवितै उद्धार गरिएको थियो भने वेपत्ता भएका मध्ये राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरका २६ बर्षीय पूर्णबहादुर थारुको सोमवार बेलुका शव फेला परेको थियो ।
उनीसँगै वेपत्ता भएका ट्रयाक्टरका चालकको मंगलवार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ । राप्ती नदीमा बेपत्ता चालक सुनील चौधरीलाई ब्यारेजको बाँध तलबाट सशस्त्र प्रहरी बल शमशेरगञ्जको गोताखोर टोलीले फेला पारेको प्रहरीले बताएको छ । सोमवार अबेरसम्म खोजि गरिएपनि रात परेपछि मंगलवार विहानदेखि उनको खोजी शुरु गरिएको थियो ।

Next Post

वडा कार्यालयद्वारा प्रहरीलाई फ्रीज

२ असार २०७७, मंगलवार १४:०१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले नगर भवनमा रहेको अस्थायी प्रहरी पोष्टलाई फ्रीज उपलब्ध गराएको छ । गर्मीमा नेपाल प्रहरीलाई चिसो पानी उपलब्ध गराउने उद्देश्यले फ्रीज दिइएको वडाध्यक्ष सुरेन्द्र गुप्ता बैश्यले बताए । २४ हजार ५ सय मूल्य बराबरको उक्त फ्रीज अन्य खाद्य बस्तु पनि राख्न सकिने […]