गुल्जारे अदबद्वारा मासिक गजल गोष्ठी सम्पन्न

२६ श्रावण २०७५, शनिबार १६:१६
 

सदरलाइनडटकम
नेपालगन्ज : गुल्जारे अदब नेपालगन्जद्वारा शनिवार मासिक गजल गोष्ठीको आयोजना गरियो ।
गुल्जारे अदबका अध्यक्ष अब्दुल लतीफ शौकको अध्यक्षतमा तथा अवधी सा“स्कृतिक विकास परिषद्का अध्यक्ष सच्चिदानन्द चौवेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा उर्र्दू साहित्यकार मौलाना अन्सर नेपाली, नसीम कादरी, जमील अहमद हाशमी, गुल्जारे अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी लगायतले ‘हुश्ने किरदार से दामनको सजाले तुभी’ शैरबाट आ– आफनो रचना बाचन प्रस्तुत गरेका थिए ।
बा“केको नेपालगन्जका उर्र्दू साहित्यकारहरुको गुल्जारे अदबले हरेक महिनाको अन्तिम शनिवारका दिन मासिक गजल गोष्ठीको आयोजना गर्दै आई रहेको छ ।

Next Post

कारवाहीका लागि सिफारिश

२६ श्रावण २०७५, शनिबार १६:१६
जाजरकोट, महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ । जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार प्रकाशित भएपछि उनलाई कारवाही प्रक्रिया अघि बढाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा उक्त अस्पतालमा […]