मंसिर १६ गते हुने स्थानीयतह उपनिर्वाचन २०८१ को केन्द्र तोकियो

सदरलाइन संवाददाता १ कार्तिक २०८१, बिहीबार १७:०७
 

नेपालगञ्ज  : आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ ।

निर्वाचन आयोगले कात्तिक १ गते जारी गरेको विज्ञप्तीमा आगामी मंसुर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यलय रहने स्थान तोकिएको हो  ।


यस अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ ।

त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका सहसचिव एवम प्रवक्त नारयणप्रसाद सापकोले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिसन ८४ लक्षित भएर लाग्न महासचिव पोखरेलद्वारा कार्यकर्तालाई निर्देशन

१ कार्तिक २०८१, बिहीबार १७:०७
  नेपालगञ्ज : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ८४ लाई लक्षित गरी तयारी गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले बिहबार दिउसो एमाले नेपालगञ्ज कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई नेपालगञ्जमा सम्बोधन गर्दै सो निर्देशन दिएका हुन । उनले मुलुकको स्थायीत्वका लागि आगामी निर्वाचन एमालेले एक्लै लड्ने गरी […]