नेपालगन्ज सिसि क्यामेराको उच्च निगरानीमा

२१ श्रावण २०७५, सोमबार १९:४३
 

सदरलाइनडटकम  
नेपालगन्ज : नेपालगन्ज अहिले सिसि क्यामेराको निगरानीमा रहने नगरको रुपमा विकसित हुँदै गएको छ । नेपालगन्जका अतिव्यस्त स्थानहरुमा अवान्छित गतिबिधि हुन नदिन र भएको अवस्थामा तत्कालै समाधान गर्ने उद्देश्यले नेपालगन्ज नगरलाई सिसि क्यामेराको निगरानीमा रखिएको हो ।
नगरका अतिव्यस्त स्थानको रुपमा रहेका १६ ठाउँमा ५६ वटा सिसि क्यामेरा जडान गरिएको छ । अपराधजन्य क्रियाकलाप नियन्त्रणका लागि जडान गरिएको सिसि क्यामराको सोमवार उदघाटन गरिएको छ । प्रदेश नं. ५ का प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शेरबहादुर बस्नेतले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
नेपालगन्ज उप–महानगरपालिकाका उपमयेर उमा थापामगरका अनुसार नगरमा रहेका स्थानहरु मध्ये उछृङ्खल गतिविधी हुनसक्ने स्थानको पहिचान गरी सिसि क्यामेरा जडान गरिएको बताइन् ।
नेपालगन्जको राँझा, भुजईगाउँ, कारकाँदौं चौक, पुष्पलाल चौक, धम्बोझी, विपी चौक, गणेशमान चौक, भेरी अञ्चल अस्पताल चौक, त्रिभुवन चौक, त्रिवेणी मोड, सेतु विक चौकलगायतका स्थानमा सिसि क्यामेरा जडान गरिएको छ ।

Next Post

मेरी मामु भदौ १५ देखि रिलिज हुँदै

२१ श्रावण २०७५, सोमबार १९:४३
सदरलाइनडटकम , नेपालगन्ज  : बाल मनोविज्ञानमा अधारित नेपाली कथानक चलचित्र ‘मेरी मामु’ को आगामी भदौ १५ देखि देशैभर एकसाथ रिलिज हुने भएको छ । सो चलचित्रकी नायिका अस्लेशा  ठकुरीले बालबालिकामा हुने बाल मनोविज्ञानका साथै मनोरञ्जनात्मक सन्देस दिने चलचित्र पूर्णरुपले पारिवारीक चलचित्र भएको जानकारी दिईन । ‘बालबालिका र अभिभावकबीचको सम्बन्ध तथा […]