भारतको दिल्लीबाट ठूलो संख्यामा नेपाली महिलाको उद्धार

१६ श्रावण २०७५, बुधबार १८:२१
 

सदरलाइनडटकम  
नेपालगन्ज  : भारतको दिल्लीस्थित पहाडगञ्जबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगको सहयोगमा पहाडगञ्जबाट ३९ नेपाली महिलाको बुधवार उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ । यति धेरै संख्यामा भारतबाट उद्धार गरिएको महिला सम्भवतः पहिलो पटक हो ।
यसअघि मंगलबार मात्रै भारत कै मैदानगढीबाट प्रहरीले १९ जना नेपाली महिलाको उद्धार गरेको थियो । ती महिलालाई दिल्ली महिला आयोग, नेपाली दूतावास र स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएको हो । महिलालाई कतार र कुवेत पठाउने भन्दै वैदेशिक रोजगारको गिरोहले एउटा साँघुरो कोठामा बन्धक बनाएर राखेका थिए ।
मानव ओसारपसारका माध्यमबाट उनीहरुलाई खाडी मुलुकमा जबरजस्ती देह व्यापारमा लगाइन्छ भन्ने उजुरीका आधारमा उनीहरुको उद्धार गरिएको हो आयोगले जनाएको छ । एक सातामा ७३ नेपाली महिलाको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसै क्रममा नेपाली महिलाको पासपोर्ट पनि बरामद गरिएको छ ।
अवैध रुपले तेस्रो मुलुक पठाउने भन्दै दिल्लीका विभिन्न स्थानमा नेपाली महिलालाई बन्धक बनाएको उजुरी परेपछि नेपालबाट गएको प्रहरी टोली, दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि र बनारसका स्थानीय प्रहरीको संयुक्त टोलीले सम्भावित ठाउँमा छापा मारेको थियो ।
उद्धार गरिएका महिलाहरुलाई दिल्ली महिला आयोगको आश्रय स्थलमा राखिने र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने दूतावासले जनाएको छ ।

Next Post

ईजालश कोठाको अभावमा स्थानीय तहको न्याय सम्पादनमा कठिनाई

१६ श्रावण २०७५, बुधबार १८:२१
सदरलाइन / यदुराज मिश्र    डुडुवा (बाँके) : स्थानीय सरकारको न्याय सम्पादनका लागि छुट्टै ईजालस कोठाको अभावमा न्याय सम्पादनमा कठिनाई हुने गरेको बाँकेका न्यायिक समितिले गुनासो गरेका छन् । बाँकेको आठ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै कोठा नहुँदा न्याय सम्पादनमा कठिनाई हुने गरेको हो […]