बसको ठक्करले निकुञ्जमा बदेल मारियो

४ श्रावण २०७५, शुक्रबार १४:००
 

सदरलाइन / गीता आचार्य 
नेपालगन्ज  : पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको शम्शेरगन्ज कुशुम सडकखण्डमा पर्ने बाँके राष्ट्रिय निकुञ्जको ओभरी चेकपोष्ट नजिकै यात्रुबाहक बसको ठक्करबाट शुक्रबार बिहान एउटा बदेल मरेको छ ।
नेपालगन्जबाट नारायणघाटका लागि छुटेको ना ६ ख ६१८५ नम्वरको बसले विहान पौने ९ बजेतिर निकुञ्जको चेकपोष्टबाट ३ किलोमिटर पूर्व बाटो क्रस गर्ने क्रममा रहेको बदेललाइ ठक्कर दिएर मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले जानकारी दिए ।
सो बसको ठक्करबाट करिव ३० किलोको बदेल मरेको उनले बताए । घटनामा संलग्न रहेको बस र त्यसको चालकलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको प्रमुख संरक्षण अधिकृत पूर्जा पुनले बताए । (प्रशिक्षार्थी)


फोटो : रेडियो सद्भावको पेजबाट साभार

Next Post

सवारी साधन र पेट्रोलियम पदार्थमा कर नलिन निर्देशन

४ श्रावण २०७५, शुक्रबार १४:००
काठमाडौँ  : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवारी साधन प्रवेश शुल्क र पेट्रोलियम पदार्थमा लगाउँदै आएको अतिरिक्त शुल्क नउठाउन वीरगञ्ज महानगरपालिकालाई निर्देशन दिएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र प्रवेश गर्ने सवारी साधन र पेट्रोलियम पदार्थमा उठाउँदै आएको कर नउठाउन […]

सम्बन्धित