बैदेशिक रोजगारको कारण परिवार नै असुरक्षित

२५ भाद्र २०७४, आईतवार १०:५१
 

सदरलाइन /रुद्र सुवेदी
२५, भदौ, नेपालगन्ज :  असुरक्षित बैदेशिक रोजगारको कारण परिवार नै असुरक्षित हुने नेपालगन्जमा आयोजिक कार्यक्रमका सहभागिले औल्याएका छन् । साथी संस्था नेपालगन्जले प्लान नेपालको सहयोगमा स्थानीय तहका उपाध्यक्ष तथा उप मेयरलाई लक्षित गरी आयोजना गरिएको मानव बेचविखन तथा ओसारपसार ऐन यसको प्रभावकारी कार्यान्वयन विषयक अन्तरक्रियाका सहभागिले सो औल्याएका हुन ।
बाँके खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया बिकले रेमिट्यान्स भित्रयाउने बाहानमा पुरुष जनशक्ति विदेशिदा घरपरिवार नै लाथालिङ्ग हुने गरेको आफुले पाएको बताएकी छन् । उनले भनिन–‘बैदेशिक रोजगारले आर्थिक समुन्नती ल्याएको छ भन्ने मात्रै देखिएको छ । पुरुष बैदेशिक रोजगारमा हुँदा घरपरिवारको पालनपोषण सबैको जिम्मेवारी महिलाको काँधमा छ । तर, आर्थिक समुन्नती भन्दा पनि पारिवारिक विखण्डन हुने त्यसको दोस महिलाको थाप्लोमा आउने गरेको छ ।’
अन्तरराष्ट्रिय मानव बेचखिन बिरुद्धको दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा बोल्दै उनले आफुले न्यायिक समितिको संयोजकको भुमिका गाउपालिकामा निभाउदा आउने उजुरी र झैझगडाको कारण अधिकांश बैदेशिक रोजगारले नित्याएको पाएको बताईन । उनले भनिन–‘ सिंहदरबारको अधिकार गाउँमा आयो हामिले हाम्रो हक अधिकार र न्याय निसाफ चाहियो भन्दै सेवाग्राही आउनु हुन्छ तर ऐन र कानून नै नहुँदा के भनेर फर्काउने ।’
उनले बैदेशिक रोजगारले पछिल्लो समयमा मानवबस्ती नै जोखिममा पर्ने हो कि भन्ने डर र त्रास बढेर गएको चिन्ता व्यक्त गरिन । ‘गाउमा अधिकांश पुरुष बैदेशिक रोजगारमा छन् । महिलाहरु माथि सबै जिम्मेवारी छ । तर, पनि मानब बेचविखनमा लागेका दलालहरु विभिन्न प्रलोभन देखाउदै महिलालाई आफ्नो जालमा पर्ने खतरा भएकोले सचेतना फैलाउन आवश्यक छ’–उनले भनिन ।
कार्यक्रमममा जिल्लाका आठ वटै स्थानीय तहका उपाध्यक्ष तथा उपमेयरले आ–आफ्नो स्थानीय तहमा न्यायीक समुहको संयोजक हुने भएकोले उनीहरुलाई मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको ऐनको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको साथीका कार्यक्रम संयोजक कमला पन्तले बताईन ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता तथा मुद्दा फाँटका ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर थापाले पछिल्लो तिन वर्षमा मुद्दाको ट्रेन बढ्दै गएको र प्रहरी र संघसंस्थाले मात्र मानब बेचबिखन रोकथामको लागि केहीगर्न नसक्ने बताए । उनले अर्थिक ववर्ष ०७१÷०७२ मा १० मुद्दा दर्ता हुँदा २ बालिका १० महिला पीडित भएको, ०७२÷०७३ मा १२ मुद्दा ३ बालिका १५ महिला, ०७३÷०७४ मा १८ मुद्दा १६ महिला २ बालिका र ०७४÷०७५को दुई महिनामा ५ मुद्दा दर्ताहुँदा ११ जना पीडित रहेको र केही अनुसंधानमै रहेको जानकारी दिए ।
कार्यक्रममा सेलर्डका अधिवक्ता बाशु ज्ञावली र माईती नेपालका अधिवक्ता केशव कोईरालाले मानव बेचविखन तथा ओसारपसार ऐन यसको प्रभावकारी कार्यान्वयनको बारेमा सहजिकरण गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुष्पलाल चोक नजिकै आगलागि हुँदा पाँचवटा पसल नष्ट ५१ लाखको क्षति

२५ भाद्र २०७४, आईतवार १०:५१
सडरलाइनडटकम  २५, भदौ, नेपालगन्ज : सुर्खेतरोडमा आईतबार साँझ आगलागी हुँदा ५ वटा पसल जलेर नष्ट हुँदा ५१ लाखको क्षति भएको छ । पुष्पलाल चोकदेखि २ सय मिटर उत्तरमा रहेको अम्बे अटोपार्टस मोटरसाईकल ग्यारेजबाट सुरु भएको आगोले संगै रहेका अन्य ५ पसल जलेर नष्ट भएको हो । स्थानीय अरुणकुमार श्रेष्ठको घरमा […]