सदरलाइनडटकम,
काठमाण्डौ : आफ्नै निवासमा हत्या गरिएको अवस्थामा भेटिएका पूर्वराजदूत केशव झाको हत्याअभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ८० वर्षीय झाको टाउकोमा चक्कुले हानेको अवस्थामा सोमवार बिहान शव भेटपछि सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नयाब उपरीक्षक मोहनकुमार थापाले बताए ।
शव आफ्नै कोठामा शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान शुरु गरिएको थापाले जानकारी दिए । पूर्वराजदूत झाको घरमा काम गर्दै आएका सुरक्षा गार्ड सानु तामाङ र माली अमर लामालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए । झा फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए ।


