सदरलाइनडटकम दाङः लगातार वर्षातले गर्दा दाङको विभिन्न खोलामा बाढी आउँदा सोमवार बिहानैदेखि घोराही—लमही र घोराही–तुलसीपुर खण्डमा यातायात ठप्प भएको छ । घोराही लमही सडकखण्डको कटुवाखोलाबाट गाडीहरुले पार गर्न नसक्ने भएपछि डबरीको सडक प्रयोग गरेका छन् ।
यात्रा जोखिमपूर्ण भएपछि यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमही–घोराही–तुलसीपुर सडकखण्डमा पर्ने खोलाहरुमा बाढी आउँदा हरेक वर्षातमा यात्रा जोखिमपूर्ण हुने गरेको छ ।
प्रत्येक तीन किलोमिटरको फरकमा रहेका १० वटा खोलाहरुमा पुल नहुँदा बर्षातमा यातायात प्रभावित हुने गरेको छ । बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र काला खोलामा बाढी आएको छ ।


