सदरलाइनडटकम
नेपालगन्ज : गुल्जारे अदब नेपालगन्जद्वारा शनिवार मासिक गजल गोष्ठीको आयोजना गरियो ।
गुल्जारे अदबका अध्यक्ष अब्दुल लतीफ शौकको अध्यक्षतमा तथा अवधी सा“स्कृतिक विकास परिषद्का अध्यक्ष सच्चिदानन्द चौवेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा उर्र्दू साहित्यकार मौलाना अन्सर नेपाली, नसीम कादरी, जमील अहमद हाशमी, गुल्जारे अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी लगायतले ‘हुश्ने किरदार से दामनको सजाले तुभी’ शैरबाट आ– आफनो रचना बाचन प्रस्तुत गरेका थिए ।
बा“केको नेपालगन्जका उर्र्दू साहित्यकारहरुको गुल्जारे अदबले हरेक महिनाको अन्तिम शनिवारका दिन मासिक गजल गोष्ठीको आयोजना गर्दै आई रहेको छ ।


