सदरलाइनडटकम
नेपालगन्ज : भारतबाट एयर पेस्तोल लिएर नेपाल आउदै गरेका जाजरकोटका एक युवा बाँके प्रहरीको नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस नोटका अनुसार आईतबार विहान ७ बजे जमुनाह नाकाबाट नेपालगन्ज प्रवेश गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले चेकजाँच गर्दा जाजरकोट भेरी नगरपालिका–९ वस्ने वर्ष २१ का अमृत विकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको हो ।
प्रहरीले विकको साथबाट १ थान एयरगन पेस्तोल र सो मा लाग्ने छर्रा ३० वटा बरामद गरी घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।


