सदरलाइनडटकम,
काठमाण्डौ : एशिया कप क्रिकेट छनौटको खेलमा नेपाल पराजित भएको छ । बुधवार भएको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो ।मलेशियाई राजधानी क्वालालम्पुरको बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल शुरुमै नराम्रो प्रदर्शन गरेको थियो ।
सुवास खकुरेललाई मौका दिएपनि उनी ४ रनमा आउट भए । ३१ रन हँुदा पहिलो विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले उकास्ने प्रयास गरेका थिए ।
बलिङतर्फ कप्तान पारस खड्काले एक विकेट लिए जबकी सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनले विकेट झार्न सकेनन् ।


