विपद्को पूर्वतयारी गर्दा प्राथमिक उपचारक आवश्यक

१५ श्रावण २०७५, मंगलवार २१:०५
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार महाशाखाको आयोजनामा प्राथमिक उपचारको अद्यावधिक सीप समुदायसम्म पुर्याउने अभिप्रायले ५ दिने प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिम नेपालगन्जमा मंगलवार सम्पन्न भएको छ ।
२२ जिल्लाको सहभागिता रहेको सो तालिमको समापन कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले घाइते र विरामीको अवस्थामा सुधार ल्याउनका लागि हरेक स्थानीय तहको समुदायस्तरमा प्राथमिक उपचारक हुनु आवश्यक रहेको बताउदै स्थानीय तहले विपद्को पूर्वतयारी गर्दा यस्ता सीप युक्त स्वयंसेवक उत्पादन गर्न जरुरी रहेको कुरामा जोड दिए ।
नेरेसो प्राथमिक उपचार महाशाखाका प्रमुख कृष्ण घिमिरेले रेडक्रसद्वारा उत्पादन भएको पाठ्यक्रम डाक्टरदेखि समुदायसम्मका व्यक्तिलाई आवश्यक हुने भएकोले सरकारी तथा गैर सरकारी निकायको सहकार्यमा र रेडक्रसको प्राविधिक सहयोगमा प्राथमिक उपचार तालिम संचालन हुँदै आएको कुरा बताए ।
तालिममा आधारभूत सिद्धान्तहरु, आपत्कालिन अवस्था, वेहोसी, गला लाग्नु, ठूलो रक्तश्राव, विष, मुटु र फोक्सो पुनःसचालन प्रक्रिया, किरा तथा जनावरको टोकाई लेक लाग्नु, हिउँले खानु, लु लाग्नु, शरीरको विभिन्न भागमा पट्टीको प्रयोग लगायत विषयको सैद्धान्तिक र प्रयोगत्माक विधिबाट सिकाईको थियो ।
नेरेसो बाँके शाखाका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट नेरेसो डोटी जिल्ला शाखाका मन्त्री देवबहादुर बस्नेतले तालिम सन्र्दभीक रहेको कुरा उल्लेख गरे ।
तालिमको अनुगमकर्तामा विभागका प्रमुख कृष्ण घिमिर, कोर्षकोडिनेटर राजु रावत र सहजकर्ताहरुमा दिपेश कुमार कार्की, निरन्जन सेढाई, पावित्रा बस्नेत र तुम्बराज लिम्बु रहेका थिए । 

Next Post

जेष्ठ नागरिकका लागि नेपालगन्जमा दिवा सेवाकेन्द्र सन्चालन

१५ श्रावण २०७५, मंगलवार २१:०५
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नं. १ का जेष्ठ नागरिकहरुलाई लक्षित गरी दिवा सेवा केन्द्र सन्चालन गरिएको छ । स्वावलम्वी जेष्ठ नागरिक समाज नेपालले १५ लाख ३७ हजार ८ सय ३० रुपैयाँको लागतमा २ कोठे भवन निर्माण गरी धम्बोझीको वाटरपार्कमा मंगलबारदेखि दिवा सेवा केन्द्र सन्चालन गरेको हो । फुर्सदका […]