सदरलाइनडटकम
नेपालगन्ज : बलात्कारपछि बालिकाको हत्याविरुद्ध सोमवार नेपालगन्जमा र्याली निकालिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो ।
पन्तको शव भीमदत्तनगर–१८ निम्बुखेडाको उखुबारीमा भेटिएको थियो । नेपालगन्जकोे वीपिचोकबाट शुरु भएको विरोध र्याली त्रिभुवनचोक हुँदै सेतुबिक चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने बक्ताहरुले बलत्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरेका थिए ।
बालअधिकारकर्मी स्वेता गुरुङ्ग, साहिल अन्सारीलगायतको अगुवाईमा निकालिएको र्यालीमा विभिन्न बिद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।
