किरण नालामा डुवेर किशोर बेपत्ता खोजिकार्य जारी

२० श्रावण २०७४, शुक्रबार १६:३८
 

सदरलाइनडटकम
२० साउन, नेपालगन्ज : पौडिखेल्न र जामुन खान गएका एक किशोर नालामा डुबेर बेपत्ता भएका छन् । बाँके खजुरा गाँउपालिका–१ का १७ वर्षिय किशोर पवन राना किरणनालामा डुबेर बेपत्ता भएका हुन् । किरण नालाको ढिकमा रहेको जामुन खान पुगेका उनी जामुन खाँदै गर्दा नालामा खसेका थिए ।
शुक्रबार करिव २ बजे भएको सो घटनामा उनी पानीमा खसे लगत्तै बेपत्ता भएको प्रत्यक्षदर्शी गणेश राईले जानकारी दिए । शुक्रबार विहान परेको पानीका कारण किरणनालामा आएको बाढी समेत आएकोले उनलाई बगाएको आशंका गरिएको छ ।
नेपालगन्ज–जलपोखरी–सैनिक सडकखण्ड नजिकै राना किरण नालामा पौडिखेल्दै र जामुन खाँदै गरेको बेलामा उनी पानीमा डुबेर एकाएक बेपत्ता भएका थिए । पानीमा डुबेर बेपत्ता भएका रानाको आफन्त, स्थानीय बासिन्दा र प्रहरीले खोजि गरिरहेको जनाएको छ ।
यसैबीच सो घटनामा प्रहरी घटनास्थल पुगी डुबेका रानाको खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । समाचार तयार पार्दासम्म रानाको खोजी जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका १ सय ८ मुसलमान यो वर्ष हज गर्न जाँदै

२० श्रावण २०७४, शुक्रबार १६:३८
सदरलाइनडटकम २१ साउन, नेपालगन्ज : बाँकेका १ सय ८ मुसलमानले यो वर्ष हज गर्न जान पाउने भएका छन् । साउदी अरेवीयाको मक्का मदिनामा ‘हज’ मा जानको लागि गत वर्षका ८१ र यो वर्ष आबेदन दिएका मध्यबाट २७ जना गरी १ सय ८ जनाले हजको लागि अवसर प्राप्त गरेका हुन । […]