ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सदरलाइन संवाददाता २८ जेष्ठ २०७९, शनिबार १५:४८
 

महेन्द्रनगर : भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शनिवार मोटरसाइकल चालकको मृत्यु भएको छ ।

से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका १ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।


उनका अनुसार बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्रयाक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरले स्वास्थ्यको योजना तय गर्दै

२८ जेष्ठ २०७९, शनिबार १५:४८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई भरपर्दो र गुणस्तरिए बनाउनको लागि आवश्यक तयारी अगाडि बढाउने भएको छ । आर्थिक वर्ष २०७९/०८० को स्वास्थ्य क्षेत्रको बजेट तथा योजना तर्जुमा पूर्वतयारी बैठकमा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरको स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरिय र भरपर्दो बनाउनको लागि आवश्यक तयारी अगाडि बढाउन […]

सम्बन्धित