त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता

१४ श्रावण २०७५, सोमबार ०८:३१
 

काठमाडौं । बेलायतको लर्ड्स क्रिकेट मैदानमा आयोजित त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता भएका छन् ।

नेपाल र नेदरल्याण्डले आयोजक मेरेलीबोन क्रिकेट क्लब (एमसीसी)लाई हराएका थिए । तर नेपाल र नेदरल्याण्डबीचको निर्णायक खेल भने वर्षाले रद्ध भएपछि दुवैलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

लर्डसमा टस हारेर पहिले व्याटिङ शुरु गरेको नेदरल्याण्डले १६ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न थालेको थियो । लगातार वर्षा भइरहेपछि अम्पायरले खेल रद्ध गरिदिए र दुवै टिमलाई संयुक्त विजेता घोषणा गरे ।


नेदरल्याण्ड्सका वेस्ले बेरेसीले सर्वाधिक ४४ रन बनाएका थिए । नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक-एक विकेट लिएका थिए ।

त्यसअघि नेपालसँग आयोजक एमसीसी ९ विकेटले पराजित भएको थियो ।

अब नेपाल ऐतिहासिक एकदिवसीय श्रृंखला खेल्न नेदरल्यान्ड प्रस्थान गर्नेछ जहाँ नेपाल र नेदरल्यान्डबीच बुधबार र शुक्रबार दुई खेल हुने छ ।

Next Post

९ स्टींग अपरेशन, ११ मुद्दामा २१ कर्मचारीमाथि आरोप पत्र दायर

१४ श्रावण २०७५, सोमबार ०८:३१
सदरलाइन / रुद्र सुवेदी नेपालगन्ज  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले आर्थिक वर्ष २०७४/०७५ मा ११ वटा मुद्दामा २१ राष्ट्रसेवक कर्मचारी बिरुद्ध विषेश अदालतमा आरोप पत्र दायर गरेको छ । कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार आब ०७४/०७५ मा परेका प्रारम्भिक उजुरी अध्ययन गरी थप […]

सम्बन्धित