९ स्टींग अपरेशन, ११ मुद्दामा २१ कर्मचारीमाथि आरोप पत्र दायर

१४ श्रावण २०७५, सोमबार १०:२९
 

सदरलाइन / रुद्र सुवेदी
नेपालगन्ज  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले आर्थिक वर्ष २०७४/०७५ मा ११ वटा मुद्दामा २१ राष्ट्रसेवक कर्मचारी बिरुद्ध विषेश अदालतमा आरोप पत्र दायर गरेको छ ।
कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार आब ०७४/०७५ मा परेका प्रारम्भिक उजुरी अध्ययन गरी थप अध्ययन तथा छानबिन गरीएका ११ वटा उजुरीबाट ११ लाख ३५ हजार ५९ रुपैया १० दश पैसाको विगो सहित २१ जनालाई विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको जानकारी दिए ।
उनले कार्यालयमा आएका ६ सय १ वटा भ्रष्टाचार सम्बन्धी उजुरी र सो को प्रारम्भिक अनुसन्धान गरि ४ सय २९ वटा उजुरी फच्र्छौट भएको जानकारी दिदै भने–‘ कार्यालयमा आएका ६ सय १ वटा उजुरी मध्ये ४ सय २९ वटा उजुरी फच्र्छौट भएका छन् । सवैभन्दा वढी उजुरी निवेदन भएका मन्त्रालयहरु (प्रमुख ५) क्रमशः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत १ सय ४३ वटा, शिक्षामा १ सय ३५, बन तथा भु–संरक्षण मन्त्रालयमा ९६, भूमि सुधार तथा व्यबस्था मन्त्रालय अन्तरगत ५२ वटा र गृह मन्त्रालय अन्तरगत ३४ वटा उजुरी निबेदन परेका थिए ।’
यसरी परेका उजुरी मध्ये जिल्लागत रुपमा सबैंभन्दा वढी बाँकेमा २ सय ६८ वटा, त्यसपछी क्रमशः बर्दियामा १ सय ५० वटा, दाङमा १ सय ३३ वटा, रोल्पामा ३९ वटा र प्यूठानमा ११ वटा उजुरी परेकोमा बाँकेमा २ सय ३ वटा, बर्दियामा, १ सय ५ वटा, दाङमा ९० वटा, रोल्पामा २५ वटा र प्युठानमा ६ वटा उजुरी यस आबमा फच्र्छाैट भएको जानकारी दिए ।
परेका उजुरीहरुको अध्ययन गर्दा स्थानीय तहमा हुने सार्वजनिक खरिद÷निर्माणमा अनियमितता, सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता, कर्मचारी भर्नामा अनियमितता, उपभोक्ता समुहबाट हुने काममा भ्रष्टाचार, ठेकेदार र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार, सडक, पुल तथा भवन निर्माणमा भ्रष्टाचार जस्ता विषयका उजुरी सवैभन्दा वढी रहेका छन् ।
त्यसै गरि शिक्षा मन्त्रालय अन्तरगत परेका उजुरीहरुमा सवैभन्दा वढी शिक्षक–कर्मचारी नियुक्तिमा अनियमितता, विद्यालय भवन तथा शौचालय निर्माणमा अनियमितता, छात्रवृति रकममा अनियमितता, विद्यालय कोषको दुरुपयोग जस्ता विषयहरु रहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
उनले यस आवमा सेवाग्राहीसंग रिस्वत (घुस) माग्ने कर्मचारीबिरुद्ध गरीएका ९ वटा स्टिंग अपरेशन १२ जना रंगेहात नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको बताए ।
कार्यालयले सञ्चालन गरेको दण्डात्मक क्रियाकलाप अन्तरगतको स्टिंग अपरेशनमा अधिकृत, नासु, खरिदार र कार्यालय सहयोगी गरी १२ जनालाई रंगेहात नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको हो । यसमा सबै भन्दा बढी बाँकेमा ७ वटा स्टीग अपरेशन भएका छन् ।
उनले सबैभन्दा बढी घुस लिने मन्त्रालयगत रुपमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ३ वटा, उर्जामा २, स्वास्थ्यमा २, वन र गृहमा १–१ जना रहेको बताए । जिल्लागत रुपमा सबैभन्दा वढी बाँकेमा ७, बर्दियामा १ र दाङमा १ वटा थिए ।
त्यसै गरि यस आबमा भएका स्टिंग अपरेशनमा अधिकृत स्तरका ५ जना, सुव्बा स्तरका १ जना, खरिदार स्तरका ३ जना तथा कार्यालय सहयोगी स्तरका ३ जना गरी जम्मा १२ मा महिला १ सहित ११ पुरुष गरी १२ जना राष्ट्रसेवक कर्मचारीहरुलाई घुस लिंदा लिंदै रंगेहात पक्राउ गरि उनीहरुबाट ३ लाख १४ हजार रकम बरामद गरिएको थियो ।

Next Post

मिस्टर भर्जिन भदौ १ बाट देशैभरी रिलिज हुँदै

१४ श्रावण २०७५, सोमबार १०:२९
सदरलाइन / सौजन्य राज श्रेष्ठ   नेपालगन्ज : यौन मनोबैज्ञानिक कथामा आधारित भएर निर्माण गरिएको चलचित्र ‘मिस्टर भर्जिन’ ! आगामी भदौ १ गतेबाट देशभर रिलिज हुने भएको छ । यति बेला चलचित्रको ट्रेलर र गीतका कारण चलचित्र चर्चामा रहेको चलचित्र ‘मिस्टर भर्जिन’मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज […]

सम्बन्धित