केपीएलको दोश्रो खेलमा आर्मी विजयी

१३ बैशाख २०७६, शुक्रबार १९:०३
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : कर्णाली प्रिमियर लिगमा शुक्रवार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मीले लालीगुराँस क्रिकेट एकेडेमीलाई ५८ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । आर्मीका लागि राजु रिजालले ३३ बलमा ४९ रन बनाए । त्यस्तै कुशल मल्लले ४२ र हरिबहादुर चौहानले १९ रन बनाए । लालीगुराँस क्रिकेट एकेडेमीका लागि प्रणव शाह, याश कनडिया र तिलक मगरले समान २, २ विकेट लिए । दीपेन योगीले पनि १ विकेट हात पारे । एक सय ७७ रनको लक्ष्य पछ्याएको लालीगुराँसले ९ विकेट गुमाएर १ सय १८ रन मात्र बनाउन सक्यो ।
लालीगुराँसका लागि विवेक राजपुतले २७ र प्रणव शाहले २० रनको योगदान दिए । आर्मीका लागि जीतेन्द्र मुखिया, हरि चौहान र भीम सार्कीले समान २, २ विकेट लिए । कुशल मल्लले पनि १ विकेट लिए र आर्मीले आठ जना खेलाडीबाट बलिङ गराएको थियो । यो सँगै लालीगुराँस क्रिकेट एकेडेमीले लगातार दोस्रो हार बेहोरेको छ । आर्मीका कुशल मल्ल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

Next Post

राष्ट्र बैंकले प्रदेशस्तरका कार्यालय संचालन गर्ने

१३ बैशाख २०७६, शुक्रबार १९:०३
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आफ्नो कार्य सञ्चालन संघीयताअनुसार अघि बढाउने भएको छ । राष्ट्र बैंकले संघीयता कार्यान्वयनको लागि सातै प्रदेश कार्यालय सञ्चालन गर्ने जनाएको हो । अन्य ६ वटा प्रदेशका राष्ट्र बैंककको कार्यालय रहे पनि कर्णाली प्रदेशमा शाखा सञ्चालनमा ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । शनिवार नेपाल […]

सम्बन्धित