क्वीक्स कपमा चार विद्यालय विजयी

१४ असार २०७६, शनिबार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा जारी क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा दीपज्योती विद्याश्रम, अरुणोदय बोर्डिङ स्कूल, प्रभात मावि र प्रयत्न इङलिश मिडियम स्कूल विजयी भएका छन् ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा प्रभात मावि, बैजनाथले सेन्चुरी एजुकेशनल एकेडेमीलाई ५–१ गोलले पराजित गरेको छ । प्रभातका लागि सुजन रानामगरले ह्याट्रिक गरेका छन् । जारी प्रतियोगितामा सुजनको ह्याट्रिक पहिलो हो । सुजनले ३ मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका थिए । २३ र ४५ मिनेटमा गोल गरेर उनले ह्याट्रिक गरे ।
प्रभातका लागि नरेश कार्की र जीवन आर्गीले एकएक गोल गरेका थिए । दीपज्योती विद्याश्रम, चप्परगौडीले दीपज्योती विद्या नेकतन, डिगियालाई २–० गोलले पाखा लगायो । दीपज्योती विद्याश्रमका लागि बसन्त सिंह र ईश्वर श्रेष्ठले गोल गरेका थिए ।
अर्को खेलमा प्रयत्न इङलिश मिडियम स्कूलले डायनामिक इङलिश मिडियम स्कूल बैजनाथलाई १–० गोलले पराजित गरेको छ । प्रयत्नका लागि विवेक खत्रीले १८ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । अरुणोदय बोर्डिङ स्कूल भने खेल्दै नखेली विजयी भएको छ । जुनियर आइस्टाइन स्कूलले वाक ओभर दिएपछि अरुणोदय नखेलेरनै विजयी भएको हो ।

Next Post

खानेपानीको शुद्धता निगरानी गर्न जाँच मेसिन वितरण कार्यशाला

१४ असार २०७६, शनिबार १९:०७
सदरलाइनडटकम, नेपालगञ्ज  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा वर्षातको बेलामा पानी जन्य रोगको महामारी फैलन नदिनको लागि स्थानीय स्वास्थ्य संस्थालाई पोर्टेबल पानी जाँच मेसिन वितरण गर्नुको साथै ती संस्थाका ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका लागि आयोजना गरिएको तीनदिने खानेपानी सुरक्षा […]