दोश्रो दिनको हक्कीमा पुलिस र आर्मी विजयी

२८ चैत्र २०७५, बिहीबार १५:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विहीवार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लवको सामुन्ने गण्डकी प्रदेश स्तब्ध भएको छ । विहीवार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव ५–० गोलले विजयी भएको हो ।
गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दवावमा राखेका नेपाल पुलिसका तर्फबाट पाँच वटै गोल जर्सी नंं. १० का खेलाडी रोमन राणाले गरे । उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।
प्रतियोगितामा नेपाल पुलिस क्लवले धेरै पेनाल्टी कर्नर पाएपनि अवसरलाई सदुपयोग गर्न सकेन । पुलिसले ७ र गण्डकी प्रदेशले दुई पेनाल्टी कर्नर पाएको पिन्टुले जानकारी दिए । पुलिस क्वलमा ५ नं. प्रदेशको तर्फबाट खेलिसकेका सात जना खेलाडी समावेश रहेका छन् ।
दोस्रो खेलमा नेपाल आर्मी प्रदेश नं. २ बिरुद्ध १–० को अन्तरले विजयी भएको हो । आर्मीका तर्फबाट १० नम्बर जर्सीका खेलाडी राम शाहले ५६ मिनेटमा गोल गरी टिमलाई विजयी बनाएका हुन् । गोललाई मान्यता दिने विषयमा विवाद भएपछि प्रदेश २ खेलबाट बाहिरिएको थियो । खेलमा आर्मीले ८ वटा कर्नर पेलान्टीको अवसर पाएको थियो । बिहीवारको तेस्रो खेल अपरान्ह ४ बजेपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ ।

Next Post

मेशिन बिग्रिँदा सिकलसेलका विरामी मर्कामा

२८ चैत्र २०७५, बिहीबार १५:१७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको सिकलसेल रोगको पहिचान गर्ने इलेक्ट्रोफोरशिस मेशिन बिग्रिएको तीन महिना बितिसक्दासमेत मर्मत नहुँदा बिरामीहरु मर्कामा परेका छन् । मेशिन बिग्रिएपछि सिकलसेल जाँच गराउन आउने बिरामीलाई टिकट काट्ने ठाउँबाटै फर्काउने गरिएको छ । मेशिन मर्मतका लागि सप्लायर्स कम्पनीलाई बारम्बार आग्रह गर्दा समेत अटेरी गरिरहेको अस्पतालले […]