बासको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

७ श्रावण २०७५, सोमबार १०:१३
 

सदरलाइनडटकम
नेपालगन्ज : युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उप–महानगरपालिका र सिविस नेपालको समन्वय तथा बास नेपालगन्जको आयोजनामा ‘बालश्रम न्यूनीकरण तथा बाल संरक्षण’ बिषयक बक्तृत्वकला सम्पन्न भएको छ ।
सो प्रतियोगितामा नेपालगन्ज उप–महानगरपालिकाका ३ वडाका १६ जना प्रतियोगिहरुलाई पछि पार्दै नेपालगन्ज–१९ बसुदेबपुरकी मिनु गुप्ताले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।
प्रतियोगितामा क्रमशः द्वितिय, तृतिय र सान्त्वना स्थान भुमिका साँउद, अंकित सापकोटा र दुर्गा धमलाले हासिल गरेका थिए । नेपालगन्ज उप–महानगरपालिकाका वडा नं. १३ उदयपुर, वडा नं. १८ कारकादो र वडा नं. १९ बसुदेबपुरका बाल क्लबमा आबद्ध बालबालिकाहरुको प्रतियोगितामा सहभागिता रहेको थियो ।
ब्यवहार परिवर्तनका कार्यक्रम अन्तरगत भएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ बाँके शाखाका निर्वतमान अध्यक्ष रुद्र सुवेदी, आदर्श मावि राझाँका सामाजिक शिक्षक एबम् सामाजिक शिक्षकहरुको सहभागितामा गठित सामाजिक सद्भाव समितिका संयोजक नोखीराम लामिछाने र बासका अध्यक्ष मन भण्डारीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रम संयोजक हेमराज भट्टले संचालन गरेको प्रतियोगिताको समापन कार्यक्रममा निर्णायक सुवेदी, भण्डारी, बासका कार्यकारी निर्देशक नमस्कार शाह, नगरस्तरीय बाल क्लब सञ्जालका सदस्य ऋतिक शाहीले प्रमाण पत्र बितरण गरेका थिए ।
यसैगरी साउन ५ गते सम्पन्न बक्तृत्वकला प्रतियोगितामा १८ जना प्रतियोगिहरुलाई पछि पार्दै नेपालगन्ज १७ परसपुरका अंकित श्रीवास्तबले प्रथम स्थान हासिल गरेका थिए । यसैगरी दोश्रो, तेस्रो र सान्त्वना स्थान क्रमशः महेश साहु, अकलेस शर्मा र प्रदिप कुमार धोबीेले हासिल गरेका थिए । सो प्रतियोगिता नेपालगन्ज उप–महानगरपालिका वडा नं. १६, १७ र ईन्द्रपुरका बाल क्लबका पदाधिकारीहरुको सहभागितामा सम्पन्न भएको थियो ।

Next Post

तुलसी रोपेर हरिशयनी एकादशी मनाईयो

७ श्रावण २०७५, सोमबार १०:१३
सदरलाइन /सौजन्यराज श्रेष्ठ  नेपालगन्ज : आषाढ शुक्ल एकादशीका दिन सोमबार (आज) हिन्दु नेपालीले नित्य स्नान गरी ब्रत बसेर घर घरमा तुलसीको बिरुवा रोपेको छन । यसरी रोपेको तुलसीलाई आजदेखि कार्तिक शुक्ल एकादशीसम्म नित्य पूजा आराधना गरिन्छ र यो एकादशीलाई ठुली एकादशी समेत भनेर चिनिने गरिन्छ । आजदेखि भगवान विष्णु क्षोरसागरमा […]