तुलसी रोपेर हरिशयनी एकादशी मनाईयो

७ श्रावण २०७५, सोमबार २२:५१
 

सदरलाइन /सौजन्यराज श्रेष्ठ 
नेपालगन्ज : आषाढ शुक्ल एकादशीका दिन सोमबार (आज) हिन्दु नेपालीले नित्य स्नान गरी ब्रत बसेर घर घरमा तुलसीको बिरुवा रोपेको छन ।
यसरी रोपेको तुलसीलाई आजदेखि कार्तिक शुक्ल एकादशीसम्म नित्य पूजा आराधना गरिन्छ र यो एकादशीलाई ठुली एकादशी समेत भनेर चिनिने गरिन्छ । आजदेखि भगवान विष्णु क्षोरसागरमा सुत्ने धार्मिक बिश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ ।
प्रत्यक हिन्दू समुदायमा घर,आँगन,मठमा रोपिने तुलसीको बिरुवालाई चार महिनासम्म नित्य पूजा गरी हरीबोधनी एकादशीको दिन तुलसी विवाह गर्ने परम्परा रहेको छ । वैज्ञानिकरूपमा पनि तुलसीमा धेरै अक्सिजन पाइने तथ्य छ । जसलाई आयुर्वे्दिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
चार्तुमासमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने साउनमा साग, भदौमा दही, असोजमा दूध, कार्तिकमा दुई दल भएर उम्रने गेडागुडी खान नहुने नेपालगन्जका ज्योतिष गौरीशंकर शर्माले जानकारी दिएका छन । प्रशिक्षार्थी

Next Post

साउनको पहिलो सोमबार बागेस्वरी मन्दीरमा दर्शनार्थीको घुईचो

७ श्रावण २०७५, सोमबार २२:५१
सदरलाइन/गीता आचार्य, नेपालगन्ज  :  आज  साउन  महिनको पहिलो सोमबार नेपालगन्जको बागेश्वरी मंदिर लगायत देसभरका शिव मन्दीरमा बिहानैदेखि दर्शनार्थीहरूको घुईचो लागेको छ । साउनको सोमबार भगवान शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाईन्छ भन्ने धर्मिक बिश्वास भएका कारण साउन महिनाका सबै सोमबार देशैभरीका शिव मन्दीरमा भक्तजनहरुको घुईचो लाग्ने गरेको हो […]