सल्यान : शिकार खेल्न गएका एकजनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दिउँसो गाउँबाट करिब दुई किलोमिटर टाढा बाहुनका जंगलमा शिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा चित्र बहादुर घाइते भएका थिए ।
घाइते रावतको उपचारका लागि सुर्खेत लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
बन्दुक र बन्दुक बोकेका आइते फरार रहेको र उनको खोजी कार्य भइरहेको खनालले बताए ।