भन्सार छलेर ल्याईएको आठ लाख बढीको सामान प्रहरीद्वारा नियन्त्रणमा

सदरलाइन संवाददाता १९ असार २०७८, शनिबार १९:५४
 


नेपालगञ्ज : बाँके प्रहरीले करिव ८ लाख बराबरको भन्सार छलेको अबैध समान बरामद गरेको छ । शनिबार दिउसो नेपालगञ्ज उपमहानगरपालिका वडा नं–७ बाट भन्सार छलेर नेपाल भित्र्याएको सामान राखेको अवस्थामा बाँके प्रहरीले सो सामान बरामद गरेको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

नेपालगञ्ज–७ एमपिस्कुल नजिक अरबिन्द पछाईको घरमा कोठा भाडामा बस्दै आएका मोनु कवडियाले लुकाई राखेको अवस्थामा सो सामान बरामद गरिएको हो । बरामद भएको सो सामान आठ लाख बराबरको आँकलन गरिएको छ । प्रहरीले मोनुको खोजि गरिरहेको जनाएको छ ।


प्रहरीले बरामद गरेको सामाग्रीहरुमा भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न मोटरसाईकल तथा मोटरगाडिका पाटपुर्जा, कपडा, छाता लगायत रहेको छ । बरामद सामान आवश्यक कारवाहीको लागि प्रहरीले नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा मेलमिलापकर्ता तालिम सम्पन्न

१९ असार २०७८, शनिबार १९:५४
नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिकाद्वारा मेलमिलापकर्ताहरुका लागि आयोजित तीन दिने पुनरताजगी तालिम सम्पन्न भएको छ । जनअधिकार संरक्षण मंच नेपालको प्राविधिक सहयोगमा संचालित तालिमको समापन गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रीवास्तवले यस प्रकारको तालिमले गाउपालिकामा हुने स–साना बिबाद समाधानको लागि […]