सवारी साधन र पेट्रोलियम पदार्थमा कर नलिन निर्देशन

४ श्रावण २०७५, शुक्रबार १९:०३
 

काठमाडौँ  : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवारी साधन प्रवेश शुल्क र पेट्रोलियम पदार्थमा लगाउँदै आएको अतिरिक्त शुल्क नउठाउन वीरगञ्ज महानगरपालिकालाई निर्देशन दिएकोे छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र प्रवेश गर्ने सवारी साधन र पेट्रोलियम पदार्थमा उठाउँदै आएको कर नउठाउन निर्देशन दिएको मन्त्रालयका स्रोत परिचालन समन्वय शाखाका उपसचिव विष्णुदत्त गौतमले जानकारी दिनुभयो ।

उहाँले महानगरले उठाउँदै आएको उक्त शुल्क नेपालको संविधान र अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ विपरित भएकाले नउठाउन निर्देशन दिइएको छ भन्नुभयो ।

संविधानमा उल्लेख गरिएका भूमि कर, सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, पार्किङ र सेवा शुल्क कर तथा वित्तीय व्यवस्थापन ऐनबमोजिम घरजग्गा रजिष्ट्रेशन कर, मनोरञ्जन कर र विज्ञापन कर प्रदेशबाट निर्धारितबमोजिम उठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।  मन्त्रालयले संविधान र कानूनविपरीत हुने गरी कर नउठाउनसमेत महानगरपालिकालाई निर्देशन दिएको छ । रासस

Next Post

घुस रकमसहित कर्मचारी पक्राउ

४ श्रावण २०७५, शुक्रबार १९:०३
लहान, : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको हो । […]