आन्ध्र प्रदेशमा रासायनिक उद्योगमा ग्याँस लिक, ९ जनाको मृत्यु

२५ बैशाख २०७७, बिहीबार १४:०२
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको आन्ध्र प्रदेशको विशाखापटनमा रहेको एक रासायनिक उद्योगमा ग्याँस लिक हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई सय जना बिरामी परेका छन् । ग्याँस लिक हुँदा बिरामी भएका दुई सय मध्ये ८६ जनालाई भेन्टिलेटरमा राखिएको खबरमा उल्लेख छ ।
तीन जनाको घटनास्थलमै र अन्य ६ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले ग्यास प्लान्ट आसपासको पाँच वटा गाउँ खाली गराएको छ । भएका व्यक्तिमा आँखा पोल्ने, श्वासप्र श्वासको समस्या भएको छ ।
मानिस सुतिरहेका बेला ग्याँस लिक भएकाले धेरै जनालाई असर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म ग्याँस लिक हुनुको कारण थाहा भएको छैन । तर प्लान्टको व्यवस्थापकविरुद्ध उजुरी दर्ता भएको छ ।

Next Post

रुखको हाँगा लागेर बाँकेमा एक बालिकाको मृत्यु

२५ बैशाख २०७७, बिहीबार १४:०२
सदरलाइनडटकम, नेपालगञ्ज : रुखको हाँगा लागेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ । हाँगा लागेर जानकी गाउँपालिका वडा नं. ६ बुढिया गाउँकी १० बर्षीया निजामुन खाँको मृत्यु भएको हो । बिहीवार बिहान आएको हावाहुरीका कारण घरको आँगनमा दिसा गरिरहेको अवस्थामा आँपको रुखको हाँगा भाँचिएर लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको […]