नरैनापुरको दोस्रो गाँउसभाले ल्यायो ४० करोडको बजेट

३२ असार २०७५, सोमबार २०:२६
 

सदरलाइनडटकम
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाको समबार सम्पन्न दोस्रो गाँउसभाले आर्थिक बर्ष ०७५ / ७६ को लागि ४० करोडको बजेट तथा कार्यकम पारित गरेको छ ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले गत असार १० गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर बजेट पारित गरिएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले प्रस्तुत गरेको ४० करोड ४ लाख ३१ हजार आय र ४२ करोड ४ लाख ३१ हजार व्ययको बजेट गाउँसभाले पारित गरेको हो । आयको तुलनामा २ करोड बढी व्यय भई न्यून भएको रकम संघीय सरकार र प्रदेश सरकारसँग माग गरी तथा आन्तरिक स्रोत परिचालन क्षमतामा अभिबृद्घि गरी पूर्ति गरिने बजेट बक्तब्यमा उल्लेख छ ।
पूर्वाधार विकास, गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ तथा सरसफाई, कृषिको आधुनिकीकरण, विविधिकरण, व्यवसायीकरण, उत्पादन र उत्पादकत्व बृद्धि, वातावरण संरक्षण, मौलिक संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम, सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
पूर्वाधारमा कुल बजेटको २६ प्रतिशत अर्थात् ११ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सौर्य उर्जाका लागि ३ करोड, स्वास्थ्यमा ८२ लाख, कृषि र पशुका लागि ६२ लाख, विद्यालयको भौतिक सुधारका लागि १ करोड २० लाख, लैंगिक समानता तथा समावेशीकरणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

 

Next Post

यात्रुवाहक भ्यान एक आपसमा ठोक्किदा दुईको मृत्यु

३२ असार २०७५, सोमबार २०:२६
कञ्चनपुर, : कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताउनुभयो । मृत्यु हुनेमा कैलालीको गोदाबरी […]