बाँके–२ बाट किरण कोइरालासहित ३ जना सिफारिस

सदरलाइन संवाददाता १७ भाद्र २०७९, शुक्रबार १३:४९
 

नेपालगञ्ज : नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले जिल्ला कार्यसमितिमा नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्न क्षेत्रले आज नाम सिफारिस गरेको हो ।

पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले चुनाव लड्दै आएको क्षेत्र नम्बर २ मा उनकै भाई बुहारी नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल र तरुण दल बाँकेका अध्यक्ष युवा नेता विरेन्द्र बहादुर शाहको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताए ।


समानुपातिकतर्फ केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पूर्व मन्त्री एवम् पार्टी सभापति गजेन्द्र हमाल, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला) लगायतको नाम सिफारिस गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

१७ भाद्र २०७९, शुक्रबार १३:४९
जुम्ला : जिल्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालिको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता […]