विकास निर्माणमा तीब्रता दिँदै नरैनापुर

२ असार २०७६, सोमबार १७:४२
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा धमाधम बाटो बनिरहेका छन् । गाउँगाउँमा ६ मिटर चौडा पक्की बाटो बनेपछि स्थानीय खुशी भएका छन् । वडा नम्बर ५ जमुनीमा गत बर्ष हुलाकी सडकबाट गाउँ जोड्ने ६ मिटर चौडाईको ५ सय मिटर लामो पक्की बाटो बनाएको गाउँपालिकाले यो बर्ष स्थानीयका घरहरु नै भत्काएर नालीसहितको थप १ किलोमिटर पक्की बाटो बनाएको हो ।
शुरुमा घर भत्काएर बाटो बनाउन आनाकानी गरेका स्थानीयले गाउँमै गाडी छिर्ने पक्की बाटो बन्ने भएपछि भने गाउँपालिकालाई साथ दिएको अध्यक्ष इस्तियाक अहमद शाहले बताए । घर अगाडि गाडी नै गुड्ने पक्की बाटो बनेपछि स्थानीय अहिले खुशी भएको अध्यक्ष शाहले बताए । हुलाकी सडकबाट भारतीय सीमा जोड्ने पक्की बाटो बनाउने योजनाअन्तर्गत् ६ वटै वडामा गत बर्षदेखि पक्की बाटो निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
वडा नम्बर ५ कै नयाँ बस्तीमा पनि यसै बर्ष पक्की बाटो बनेको छ । कच्ची बाटो भएको ठाउँमा बाटो चौडा गरी पक्की बनाउने र सडक नै नभएको ठाउँमा धमाधम नयाँ सडक बनाउने काम भइरहेको अध्यक्ष शाहले बताए । भारतीय बाटो भएर जानुपर्ने वडा नम्बर २ रोशनपुर्वामा पनि यसै बर्ष लम्बरी जग्गामै कच्ची बाटो बनाइएको वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहको भनाई छ ।
त्यस्तै वडा नम्बर ५ को मटेहिया महादेवनगर जाने बाटो पनि भर्खरै बनाइएको अध्यक्ष शाहले जानकारी दिए । सडक सञ्जालले गाउँपालिकाका हरेक वडा, गाउँ र बस्तीलाई नजोड्दासम्म विकास सम्भव नहुने भएकाले वाटो निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

Next Post

बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु

२ असार २०७६, सोमबार १७:४२
सदरलाइनडटकम, बझाङ : बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले बताए । दुर्घटनामा ज्यान गुमाउनेको […]

सम्बन्धित