बाँके काँग्रेसको उपसभापति भए फोरम लोकतान्त्रिकका नेता फुलाराम

२५ फाल्गुन २०७६, आईतवार १०:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिक नेपाली काँग्रेससंगको एकिकरणमा भएको सहमति कार्यान्वयन सुरु भएको छ ।

त्यतिबेलाको सहमाति अनुसार नेपाली काँग्रेस बाँकेको कार्यसमितिमा चारजना थप भएका छन् ।

तत्कालिन फोरम लोकतान्त्रिकसँग भएको सहमति अनुसार काँग्रेस बाँकेको उपसभापतिमा फुलराम थारु सदस्यहरुमा दिप नारायण बर्मा, रितु शाही र बिनोद थारु कार्यसमितिमा थपिएका छन् ।


यसैगरी महासमिति सदस्यमा फुलाराम थारु, दिप नारायण वर्मा, नेतराम मौर्य, हिरालाल लोनिया, ज्ञानबहादुर घिमिरे, अब्दुल करिम खान र विनोद कुमार थारु रहेका छन् ।

तत्कालिन फोरमसँग भएको सहमति अनुसार, महासमिति सदस्य ७ जना, महाधिबेशन प्रतिनिधि १७, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य ४ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति पदाधिकारी र सदस्य ६ जना थप गरिएको काँग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिईन ।

‘पार्टी एकिकरण भएको लामो समय भइसक्दा पनि जिम्मेवारी नपाउँदा नेता तथा कार्यकर्तामा निराशा छाएको थियो तर ढिलै भएपनि जिम्मेवारी टुंगो लागेसँगै यसले उत्साह थपेको छ’ उपसभापति फुलाराम थारुले भने ।

Next Post

जीप दुर्घटनामा एकको मृत्यु, ६ घाइते

२५ फाल्गुन २०७६, आईतवार १०:०४
सदरलाइनडटकम, बैतडी : बैतडीको पाटनमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । धनगढीबाट दार्चुला जाँदै गरेको १२५७ नम्बरको अनटेष्ट जीप दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा दुर्घटनाग्रस्त भएको हो । आईतवार बिहान जीप सडकबाट २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपका […]