विरामीको चाप बढेपछि भेरी अञ्चल अस्पतालमा छुट्टै सर्पदंश उपचार कक्ष सुरु

२७ असार २०७५, बुधबार ११:५८
 

सदरलाइनडटकम  
नेपालगन्ज : नेपालगन्जको भेरी अञ्चल अस्पतालमा सर्पदंशका विरामीको चाप बढ्दै गरेको कारण त्यस्ता विरामीको उपचारको लागि छुट्टै सर्पदंश उपचार कक्ष सञ्चालनमा ल्याई उपचार सुरु गरिएको छ ।
मंगलबार मात्र एकै पटक ५ जना विषालु सर्पले टोकेर उपचारको लागि भेरी अञ्चल अस्पतालमा विरामी आएपछि छुट्टै वार्डको महशुस गरी सर्पदंश उपचार कक्ष सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।
उनले गर्मीयाममा बढी मात्रामा सर्पदंशका घटनाहरु बढ्ने भएको र प्रदेश नं. ५, ६ र ७ का अन्य जिल्लाहरुबाट समेत उपचारको लागि रेफर भएर आउने विरामीको चाप अत्यधिक हुन थालेपछि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको बताए ।
‘हामीले उपचार कक्ष त सञ्चालनमा ल्यायौ । उपचारको लागि आवश्यक पर्ने जनशक्ति र अति सघन कक्ष संगै ईक्यपमेन्टको आश्यकता छ । अहिले जसोतसो काम चलाएका छौ तर, राज्यले अत्यन्त संवेदनशिल भएर यसको सम्बोधन गर्न आवश्यक छ’–उनले भने ।
भेरी अञ्चल अस्पतालमा गर्मी बढ्दै जाँदा सर्पदंशका विरामी दिनहुँ ४–५ जना आउने गरेको सर्पदंशका विरामीको उपचारमा संलग्न डा. कृष्ण आचार्यले जानकारी दिए । उनले विषलु सर्पले टोकेर उपचारको लागि आउने विरामीलाई लक्षित गरी अस्पतालमा आईसियु कक्षमा बेड संख्या बढाउनु पर्ने बताए ।
‘विषलु सर्पले टोकेका विरामीलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । हामीकहा भएको आईसियुमा ६ वटामात्र बेड छ । आजै (बुधबार) मात्र ५ जना विषलु सर्पले टोकेका विरामी उपचारको लागि आइपुगेका छन् । ३ जनालाई आईसियुमा र २ जनालाई वार्डमा राखेर उपचार गरि रहेका छौ’–उनले भने ।
मंगलबार भेरी अञ्चल अस्पतालमा कञ्चनपुरबाट ४० वर्षिय किरण महरा, बाँके खजुराका ७० वर्षिय वहाव खाँन, बैजनाथ गाउपालिका गाभरकी ८ वर्षिया देविका शाही, धनगढीबाट रिफर भएर आएकी भगिरथी देवि भट्ट र बर्दियाका कर्णबहादुर विसी विषलु सर्पले टोकेर उपचारको लागि भर्ना हुन आएका हुन । उनीहरु मध्ये तीन जनाको आईसीयु र २ जनाको वार्डमा राखेर उपचार भई रहेको डा. आचार्यले जानकारी दिए ।
उनले सर्पदंशका विरामीको उपचारको लागि छुट्टै वार्ड र आईसियुको व्यवस्था संगै राज्यले जनस्वास्थ्य समस्याको रुपमा लिदै उपचारको लागि आवश्यक थप जनशक्ति समेतको व्यवस्था गर्न माग गरे । गत वैशाखदेखि हालसम्म विषालु सर्पले टोकेर उपचारको लागि अस्पताल ल्याउदै गर्दा ९ जना र अस्पतालमा उपचारको क्रममा १ जनाको गरी १० जनाले ज्यान गुमाई सकेका छन् ।

Next Post

बाँके डान्स आईडलको फाईनल राउण्ड साउन ५ गते हुने

२७ असार २०७५, बुधबार ११:५८
सदरलाइनडटकम  कोहलपुर (बाँके) : कोहलपुरमा जारी बाँके डान्स आईडलको फाईनल राउण्ड आगामी साउन ५ गते हुने भएको छ । १६ जना सहभागिहरु फाईनल राउण्डमा छनाँैट हुन सफल भएका छ । बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले साउन ५ गते फाईनल राउण्ड हुने जानकारी दिए । उनले भने–‘ फाईनल राउण्डको लागि […]

सम्बन्धित