बाँकेमा सोमवार आठ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ६ मंसिर २०७८, सोमबार १४:२६
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ३५ नमुना परीक्षण गर्दा ६ जना, मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा १३ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५९ पुगेको छ ।

यस्तै सोमवार २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैचारिक र दूरदर्शी नेता शंकर पोख्रेल नै अबको महासचिव : केन्द्रीय सदस्य चौधरी

६ मंसिर २०७८, सोमबार १४:२६
     नेकपा एमालेको दशौं महाधिवेशन नजिकिएसँगै नेतृत्वमा बहस सुरु भएको छ । पार्टी अध्यक्षपछिको शक्तिशाली पदका रुपमा रहेको महासचिवमा पार्टीका बैचारिक नेता शंकर पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीका बैचारिक नेताको परिचय बनाएका नेता पोख्रेललाई किन महासचिव बनाउनुपर्दछ ? भन्ने विषयमा नेकपा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीसँग सहकर्मी […]