कोरोनाबाट बाँकेमा ३ जनाको ज्यान गयो

सदरलाइन संवाददाता १५ जेष्ठ २०७८, शनिबार १०:४३
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङका २ जना र बर्दियाका १ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत मधुवन ६ बर्दियाकी ५२ वर्षीया महिला, लमही ३ दाङका ४० वर्षीय पुरुष र राप्ती ६ दाङकी ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।


योसंगै कोरोनाबाट बाँकेका २८८ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २७३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज १४औं गणतन्त्र दिवस मनाईंदै

१५ जेष्ठ २०७८, शनिबार १०:४३
नेपालगञ्ज : शनिवार नेपालमा १४ औं गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइने गरिएको हो । झन्डै २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा […]