बाँके डान्स आईडलको फाईनल राउण्ड साउन ५ गते हुने

२७ असार २०७५, बुधबार १८:००
 

सदरलाइनडटकम 
कोहलपुर (बाँके) : कोहलपुरमा जारी बाँके डान्स आईडलको फाईनल राउण्ड आगामी साउन ५ गते हुने भएको छ । १६ जना सहभागिहरु फाईनल राउण्डमा छनाँैट हुन सफल भएका छ ।
बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले साउन ५ गते फाईनल राउण्ड हुने जानकारी दिए । उनले भने–‘ फाईनल राउण्डको लागि यतिबेला सम्पुर्ण तयारीहरु तिब्र पारिएको छ । साउन ५ गते फाइनल राउण्ड हुने छ ।’
उनले सहभागि १६ जना प्रतियोगी मध्ये ५० प्रतिशत नृत्यबाट र ५० प्रतिशत टिकट भोटिङ्गबाट प्रतिश्प्रर्दात्मक प्रतियोगि छनौट गर्ने जानकारी दिए । ‘नृत्यमा देखाएको कुशलता र उनीहरुले बिक्रि गरेको टिकट साथै प्राप्त भोटिङ्गबाट प्रथम, द्वितिय र तृतियको छनौट गरिने छ’–उनले भने । उनले निर्णायकका लागि राष्ट्रिय रुपमा परिचित ब्यक्ति बालाईने बताए ।
नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितिय हुनेलाई ५० हजार, तृतिय हुनेलाई २५ हजार चौथो र पाचौ हुनेलाई एउटा कभर भिडियो । छ्रैठौदेखि दशौसम्मकालाई ५० प्रतिशत छात्रबृत्ति रहेको अयोजकले जनाएको छ ।
सेमिफाईनलमा जुधेका तर फाइनलमा पुग्न नसकेका ५ जना प्रतियोगीहरुका लागि एउटा कभर भिडियोमा खेलाईने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।

Next Post

खजुराका दुध उत्पादक किसानलाई कृषि विकास बैंकको क्यान

२७ असार २०७५, बुधबार १८:००
सदरलाइनडटकम खजुरा (बाँके) : बाँकेको खजुरा क्षेत्रका दुध उत्पादक किसानका लागि कृषि विकास बैंक खजुरा शाखाले बुधबार दुध बोक्ने क्यान वितरण गरेको छ । बैंकको सामुदायिक सामाजिक कार्यक्रम अन्तरगत बुधबार खजुरा क्षेत्रका ३३ जना दुध उत्पादक किसानहरुलाई दुध बोक्ने क्यान वितरण गरेको हो । कृषि विकास बैंक खजुरा शाखासँग आवद्ध […]