लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुई पक्राउ

सदरलाइन संवाददाता २९ मंसिर २०७८, बुधबार १३:३१
 

नेपालगञ्ज : ५५ ग्राम ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका १४ बस्ने ३३ वर्षीय गौरव बुढाथोकी र बाँकेको राप्तीसोनारी गाउँपालिकाका वर्षीय ३२ सुवास विक पक्राउ परेका हुन्

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डिएसपी मधुसुदन न्यौपाने अनुसार उनीहरुलाई मंगलवार बेलुका ७ बजे नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहा चेकपोष्टमा जाँचका क्रममा पक्राउ गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले सिमानाकामा जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

दुबै जनामाथि थप अनुसन्धान भइहेको प्रवक्ता न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु

२९ मंसिर २०७८, बुधबार १३:३१
काठमाण्डौ : हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । हाइटीको क्याप–हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो […]