जथाभावी औषधि नछर्न उपमहानगरको आग्रह

२० चैत्र २०७६, बिहीबार ०९:१४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिका भित्र उपमहानगरको जानकारी बिना कुनै पनि रसायन नछर्कन सर्वसाधारण सबैको लागि सुचना जारी गरेको छ ।

उपमहानगको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जारी गरेको सूचनामा नेपालगञ्ज उपमहानगरपालिका भित्रका स्थानहरुमा बिना जानकारी र बिना समन्वय जथाभावी रसायनहरु नछर्न सम्बन्धितलाई आग्रह गरिएको छ ।


स्वास्थ्य शाखा प्रमुख चन्दद्वारा जारी सूचनामा नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेका केही संघ संस्था तथा व्यक्तिहरुले वडा, नगर तथा टोललाई सेनिटाइज्ड गर्न मापदण्ड नपुगेका ईन्सेक्टिसाइट, पेन्सीसाइट लगायतका विभिन्न रसायनहरु छरेको पाइएकोले यस्ता कार्यबाट जीवजन्तु वातावरण तथा मानवीय स्वास्थ्यमा समेत असर पर्ने हुँदा सम्बन्धित सरोकारवाला निकायसङ्ग समन्वय गरी काम गर्न भनिएको छ ।

Next Post

स्थानीय स्तरमै ‘पिपिई’ उत्पादन सुरु माग पुराउन भ्याई नभ्याई

२० चैत्र २०७६, बिहीबार ०९:१४
सदरलाइनडटकम, नेपालगञ्ज  : कोरोना भाईस संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकले लगाउनु पर्ने पिपिई (प्रर्शनल प्रोटेक्टिभ इक्विपमेन्ट) को उत्पादन नेपालगञ्जमै सुरु भएको छ । देशभर पिपिईको अभाव देखिएको बेला नेपालगञ्जकका केही ईण्डष्ट्रिजले ‘पिपिई’ को उत्पादन सुरु गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलमा रहेको लुम्बिनी ईण्डष्ट्रिज प्रालिले उपमहानगरपालिकाको माग पूर्तिका […]