बाँकेमा बाढीका कारण चार जनाले ज्यान गुमाए

१८ असार २०७५, सोमबार २०:०९
 

सदरलाइनडटकम
नेपालगन्ज : आईतबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारणले बाँकेमा २ बालबालिकासहित ४ जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–४ गोहवाका ५ वर्षिय रन्जीत पासीको घर नजिकैको नालामा डुबेर मृत्यु भएको छ । बाढीका बेला नालामा खेल्न गएका उनको नालामा डुबेर मृत्यु भएको थियो ।
त्यसैगरी सोमबार बिहान बैजनाथ गाउँपालिका स्थित जेठी नालामा आएको बाढीले बगाएर बैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलाबहादुर बुढा र वडा नं ५ का ३५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर २ की ४ बर्षिय रिमा कुमारी यादवको घर नजिकैको पोखरीमा डुबेर मृत्यू भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सुचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए । बुढा खोला तर्न खोज्दा बगेका थिए भने सुनार बाढीका बेला पौडी खेल्दा बगेर थिए ।
आइतबार साझदेखि परेको अविरल वर्षाका कारण बाँकेका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । बाढीका कारण नेपालगन्ज–गुलरिया हुलाकी सडकको खजुरामा अवरोध सृजना भएको थियो ।
पेडारी नालामा आएको बाढी हुलाकी सडकको माथिबाट बग्न थालेपछि अवरोध भएको हो । बाढीले मोटरसाइकल बगाईरहँदा स्थानीयले उद्दार गरेर चालकको ज्यान जोगाएका थिए ।
नेपालगन्जबाट राप्तीपारी क्षेत्रमा जाने यातायात समेत बाढी र बर्षाका कारण पुर्व रुपमा बन्द भएका छन् । जिल्लाका विभिन्न बजारबाट ग्रामिण क्षेत्रमा चल्ने अधिकांश सडकमा सोमबार सार्वजनिक सवारी साधानहरु नचलेको प्रहरीले जनाएको छ । ग्रामिण सडकमा यातायात नचल्दा स्थानीयहरुले भने सास्ती पाएका छन् ।

Next Post

अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस नेपालगन्जमा पनि

१८ असार २०७५, सोमबार २०:०९
सदरलाइनडटकम नेपालगन्ज : अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा नेपालगन्जमा खेलकुदको सम्भावना र अवस्थाको बारेमा छलफल गरी मनाईएको छ । खेलपत्रकार टीएस ठकुरीको संयोजनमा युथ सेन्टरमा चियापानका साथ खेलकुद सम्बन्धी चिन्तन गरी दिवस मनाइएको होे । नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापाले समग्र नेपालगन्जको खेलकुद विकासमा उप–महानगरपालिका गम्भीरतापूर्वक लागिरहेको बताइन् । आफु […]