लागूऔषधसहित एक जना प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता २८ माघ २०७८, शुक्रबार १४:२९
 

नेपालगन्ज : इलाका प्रहरी कार्यालय जमुनाहले लागूऔषधसहित एक जनालाई नेपालगन्ज नाकाबाट नियन्त्रणमा लिएको छ ।

रुपइडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका कोहलपुर ५ रझेनाका २२ बर्षीय सनिस केसीले मुखभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


बिहिवार साँझ रुपइडिहाबाट जमुनाह नाका हुँदै नेपालगन्जतर्फ आउन लागेका केसीलाई शंका लागेर चेकजाँच गर्दा मुखभित्र ३ ग्राम ब्राउन सुगर लुकाएर ल्याएको पाईएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका केसीलाई हिरासतमा लिएर लागूऔषध कसुरमा थप आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बहिरा नागरिकलाई सञ्चार सहजिकरणका लागि तीन महिने नेपाली सांकेतिक भाषा दोभाषे तालिम

२८ माघ २०७८, शुक्रबार १४:२९
नेपालगञ्ज  :  बहिरा नागरिकको लागि सञ्चार सहजिकरण गर्नको लागि शुक्रबारदेखि बाँकेको नेपालगञ्जमा ३ महिने नेपाली सांकेतिक भाषा दोभाषे तालिम सुरु भएको छ । सांकेतिक भाषामा संचार बहिरा नागरिकहरुको अधिकार भन्ने नाराका साथ सुरु भएको सो तालिमको नेपालगञ्ज उपमहानगरका उप प्रमुख उमा थापामगरले एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन । उनले […]