अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस नेपालगन्जमा पनि

१८ असार २०७५, सोमबार २०:२५
 

सदरलाइनडटकम
नेपालगन्ज : अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा नेपालगन्जमा खेलकुदको सम्भावना र अवस्थाको बारेमा छलफल गरी मनाईएको छ ।
खेलपत्रकार टीएस ठकुरीको संयोजनमा युथ सेन्टरमा चियापानका साथ खेलकुद सम्बन्धी चिन्तन गरी दिवस मनाइएको होे । नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापाले समग्र नेपालगन्जको खेलकुद विकासमा उप–महानगरपालिका गम्भीरतापूर्वक लागिरहेको बताइन् ।
आफु खेलकुद र खेलपत्रकारिता पृष्ठभुमिबाट आएको बताउदै यी दुवै विधाको विकासमा सहकार्य गर्न सदैव तत्पर रहेको कुरामा जोढ दिदै भनिन–‘मैले खेलकुद र खेलपत्रकारिताको महत्त्व राम्रोसँग बुझेकी छु ।’
उनी राजधानी बाहिरबाट खेलपत्रकारिता गर्ने पहिलो महिला पत्रकार हुन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले खेल पत्रकारिता बिना खेलकुद अघि बढ्न नसक्ने धारणा राखे । नेपालगन्जको खेपत्रकारिताको विकासमा आफु जहिल्यै तयार रहेको उनले बताए ।
मपक्षेखेविस अध्यक्ष भिम ओलीले स्थानीय सञ्चारमाध्यमले खेलकुद प्रवर्द्धनमा कुनै कसर बाँकी नराखेको बताए । ‘स्थानीय पत्रपत्रिका र रेडियोले हाम्रा अभियानलाई भरपुर कभरेज गरेका छन्’ अध्यक्ष ओलीले भने(‘राष्ट्रिय पत्रिकामा पनि कभरेज बढाउन आवश्यक छ ।’ यसै वर्ष मंसिरमा तय गरिएको आठौ राष्ट्रिय खेलकुद सफल पार्न सबै नागरिक तयार रहेको अग्रज साहित्यकार सनत रेग्मीले बताए ।
पत्रकार पुर्णलाल चुके, झलक गैरे, दामोदर भण्डारी, शंकर खनाल, कमल डांगी तथा साहित्यकार ऋचा लुइँटेल र मिना ढकालले खेलकुद र खेपत्रकारिता बारे बोलेका थिए ।

Next Post

स्वास्थ्यकर्मीलाई अभिमुखिकरण जारी

१८ असार २०७५, सोमबार २०:२५
सदरलाइनडटकम   नेपालगन्ज : वर्षातको मौसममा फैलन सक्ने रोग र त्यसको निराकरणको लागि जिल्ला जनस्वस्थ्य कार्यालय बाँकेले बाँके स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण जारी राखेको छ । सोही क्रममा नेपालगन्जमा सोमबार पब्लिक प्राईभेट सेक्टरको पारामेडिक्स तथा प्राक्टिसनरहरुलाई प्रकोप जन्य रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन तथा जनस्वास्थ्य अधिकृत रामबहादुर […]