आमाछोरीको हत्या आशंकामा दुई पक्राउ

२५ आश्विन २०७६, शनिबार १७:४६
 

सदरलाइनडटकम,
उदयपुर : धारिलो हतियार प्रहार गरी उदयपुरमा शुक्रवार राती एकै परिवारका दुई जनाको भएको हत्या आशंकामा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो ।
शनिवार दिउँसोसम्म हत्याको आशंकमा स्थानीय दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । उनले हत्याको आशंकामा दुई जनलाई सोधपुच्छका लागि नियन्त्रणमा लिइएको बताए । उनका अनुसार त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीय आमा सारदा कुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
प्रहरीका अनुसार मृतक दुवैको घाटी रेटिएको अवस्थामा सव फेला परेको थियो । हत्या किन र के कारण कसले गरेको भन्ने यहिलेसम्म केही खुल्न नसकेको प्रहरीको भनाइ छ । एसपी मगरका अनुसार हत्यारा पत्ता लगाउन धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको छ । मृतकको श्रीमान् वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेको मृतका परिवारले जानकारी दिइएको छ ।

Next Post

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२५ आश्विन २०७६, शनिबार १७:४६
सदरलाइनडटकम, कैलाली : मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक युवकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका ३ चिसापानी नजिकैको भएको मोटरसाइकल दुर्घटनामा टीकापुर नगरपालिका १९ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टीकापुरबाट चिसापानी जाँदै गरेको से ७ प १४९६ नम्बरको मोटरसाइकल शनिवार […]

सम्बन्धित