सदरलाइनडटकम,
कैलाली : लागुऔषध तथा प्रतिबन्धित औषधि बिक्री वितरण गरेको आरोपमा कैलालीमा क्लिनिक सञ्चालक पक्राउ परेका छन् । कैलालीको लम्की चुहा नगरपालिका ४ बलियास्थित लक्ष्मी स्वास्थ्य क्लिनिकमा लागुऔषधी तथा प्रतिबन्धित औषधी फेला परेपछि क्लिनिक सञ्चालक ३२ वर्षीय मेसककुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उक्त स्वास्थ्य क्लिनिकमा चेकजाँच गर्दा लागुऔषध तथा प्रतिबन्धित औषधि फेला परेको थियो । उनले बिक्री गर्दै आएका लागुऔषध तथा प्रतिबन्धित औषधि प्रहरीले जफत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
