सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयको छात्रावासमा आगलागी भएको छ । नेपालगञ्ज १० स्थित शिक्षालयको गल्र्स छात्रावासको स्टोररुममा आइतवार राती आगलागी भएको हो ।
आगलागीबाट ५० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालयका इञ्चार्ज हरि वस्नेतले जानकारी दिए । दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो तुरुन्तै निभाईएका कारण थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
