समुदायका महिलालाई सेनेटरीप्याड बनाउने तालिम

१६ असार २०७५, शनिबार २०:१३
 

सदरलाइनडटकम
नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडानं.२२ वडा समितिको कार्यालयले स्थानीय ४० जना महिलाहरुको लागि सेनेटरी प्याड बनाउने सम्बन्धी पाँचदिने तालिम सम्पन्न गरेको छ ।
महिलाहरुलाई महिनावरीको समयमा प्रयोग हुने प्याडलाई घरमा बनाई प्रयोग गर्ने तथा स्वास्थयको सरसफाईमा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयले मधेशी, मुस्लिम तथा पिछडा वर्गका महिलाहरुको लागि ५ दिने तालिमको संचालन भएको हो ।
आर्थिक गरिबीको कारण बजारमा उपलब्ध प्याड प्रयोग गर्न नसिकरहेका स्थानीय महिलाहरुलाई तालिम मार्फत घरमा सहज तरिकाले सेनेटरी प्याड निर्माण गरी प्रयोग गर्न सकिने भएको हुँदा तालिमको आयोजना गरिएको वडा अध्यक्ष बिद्याराम बर्माले जानकारी दिए ।
तालिमका सहभागिहरुलाई प्याड बनाउनका लागि आवश्यक पर्ने सामग्रीहरु कैची, इन्चीटेप, टेलर चक, स्केल, कपडा लगायतको सामग्रीहरु तालिममा प्रदान गरिएको छ । तालिममको सहजिकरण प्रशिक्षकहरु कृष्ण बर्मा र रिता विकले गरेका थिए । 

Next Post

तुलसीपुर अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण

१६ असार २०७५, शनिबार २०:१३
दाङ, राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् ।   गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पु¥याए पनि सम्बन्धित निकायले समयमा सडक मर्मतमा कुनै चासो नदिएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य […]