मन्त्रीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन

सदरलाइन संवाददाता १८ मंसिर २०८०, सोमबार १४:०९
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् ।

त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिकभन्दा आयुर्वेद उपचार पद्धति न पहिले जन्मेको भन्दै यसलाई व्यवस्थित बनाउनु पर्ने बताए ।

“आयुर्वेदिक पुरानो उपचार विधि हो”,उनले भन्नुभयो, “यसलाई समय सापेक्ष बनाउन आवश्यक छ ।”


साथै उक्त अस्पताललाई ५० शय्याको बनाउने गरी प्रक्रिया अघि बढाएको समेत मन्त्री मास्कीको भनाइ छ । त्यसका लागि आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्नतर्फ आफू लागिरहेको उनले बताए ।

हाल अस्पतालमा दैनिक एकसय जना जतिले सेवा लिइरहेको अस्पतालका निर्देशक डा. सन्तोष ठाकुरले बताए । उनका अनुसार पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु बढिरहेका छन् । अस्पतालमा हाल व्यायामशाला, अग्नी कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायतका सेवाहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाका लेखा अधिकृतको मोटरसाइकल भेटियो

१८ मंसिर २०८०, सोमबार १४:०९
नेपालगञ्ज : बाँके प्रहरीले चोरी भएको डुडुवा गाउँपालिकाका लेखा अधिकृतले चढ्ने मोटरसाइकल फेला पारेको छ । भे १ ब १७९६ नम्बरको मोटरसाइकल नेपालगञ्जको कारकाँदोबाट चोरी भएको थियो । प्रहरीले कारकाँदोबाटै भारतको जिला बहराइच नानपारा बस्ने २० वर्षीय अमन श्रीवास्तवालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ । पछिल्लो दुई महिनायता नेपालगञ्जमा २२ […]