सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड –१९ नोबल कोरना भाईरसको सक्रमणबाट जोगाउन आव्हान गरिएको लकडाउनका बेला पनि जोखिम मोलेर स्थलगत समाचार संकलनका लागि नेपालगञ्जमा सक्रिय ४० जना पत्रकारलाई सदभाव ग्रुप प्रालिले एन–९५ माक्स वितरण गरेको छ ।
ग्रुपका अध्यक्ष दामोदर भण्डारीले बाँकेका विभिन्न सञ्चार माध्यममा कार्यरत ४० जना पत्रकारका लागि संक्रमणबाट जोगाउन २० हजार रुपैैयाँको एन–९५ माक्स वितरण गरिएको बताए ।
उनले गुणस्तरिय माक्स लगाएर मात्र कोरोनाबाट जोगिन सकिने भए पनि अधिकांश पत्रकारले सर्जिकल र कपडाको मात्र लगाएर समाचार संकलन गरेको देखेपछि पत्रकारलाई जोगाउन माक्स वितरण गरेको जानकारी दिए ।