दशैंमा पनि सञ्चालन भएन बैतडीको हवाई सेवा

सदरलाइन संवाददाता १७ आश्विन २०७९, सोमबार १३:४२
 

बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन । लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो । तर दशैंमा पनि सुचारु हुन नसकेको हो ।

समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै आएकोमा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी –धनगढी हवाई उडान सेवा बन्द छ । कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा ६ महिनादेखि बन्द रहेको हो । यसअघि दशैंलाई लक्षित गर्दै यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा हवाई उडान हुने जनाइएको थियो ।

माथिबाटै दशैंमा यात्रु हुन्छन् भनेर असोज ८ देखि उडान भर्ने भनेर जानकारी आएको भएपनि यात्रु समस्याका कारण हुन नसकेको समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण दत्त भट्टले जानकारी दिए ।


साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । भट्टले भने, ’दशैंतहारको बेला यात्रु नियमित रुपमा पाइन्छन् भनेर असोज ८ गतेदेखि फ्लाइट हुने जानकारी आएको थियो तर यात्रु अभावमा उडान हुन सकेन् ।’

यसअघि बिहीबार हुदैं आएको हवाई उडान असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिक रुपमा धनगढी–बैतडी –धनगढी उडान हुने समिट एयरले जनाएको थियो । दशैंमा समेत यात्रु अभाव भएपछि अब भने यहाँ कहिले उडान हुने भन्नेबारे अनिश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल–भारत सीमामा अभिलेख दर्ता गराएर आउजाउ

१७ आश्विन २०७९, सोमबार १३:४२
बर्दिया : भारत आवत जावत गर्नका लागि अबदेखि सुरक्षा निकायलाई बायोडाटा दिनुपर्ने भएको छ । नेपाल–भारत सीमामा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा पोष्टमा नाम, ठेगाना, मोबाइल फोन नम्बर, जाने कारण र फर्कने समय टिपाउनु पर्नेछ । बढैयाताल गाउँपालिकास्थित फुटाहा सुरक्षा पोष्टमा दैनिक हजार बढी मानिस सिमावर्ती बजार बलैगाउँमा प्रवेश गर्नुअगावै […]