मिटर नपाउँदा राप्तीपारी बत्ती बाल्ने सपना अधुरै

सदरलाइन संवाददाता ३० कार्तिक २०७८, मंगलवार १६:३७
 

नेपालगञ्ज : बर्षौंसम्म बत्तीको पखाईमा रहेका बाँकेको राप्तीपारीका स्थानीयहरु अहिले मिटर नपाउँदाको पीडा खेपिरहेका छन् ।

बिद्युत बिस्तार भएपनि प्राधिकरणले मिटर उपलब्ध गराउन नसक्दा राप्तीसोनारी र नरैनापुरका करिब आधा बढी घरधुरीले बत्ती बाल्न पाएका छैनन् ।

बत्ति जोड्नका लागि मिटर माग गर्दै गत बैशाखमा बिद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जमा आवश्यक कागजात र २५ सय शुल्क बुझाएको ८ महिना वितिसक्दा समेत मिटर नपाएको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ४ शाहीपुरका गंगाराम थारुले दुखेसो पोखे ।


नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र नेपालगञ्जका प्रमुख दिवाकर प्याकृुरेलले प्रयाप्त मिटर र जनशक्तिको अभावका कारण मिटर वितरणमा ढिलाई भएको बताए ।

नरैनापुर र राप्तीसोनारी क्षेत्रको फिल्डमा खटिने सातजना मात्र कर्मचारी रहेकोले मटेहिया र धामपुरमा आधा–आधा कर्मचारी बाँडेर काम गरिरहेकोले पनि मिटर वितरणमा ढिलाई भएको प्याकुरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेसको नेपालगञ्ज उपमहानगरमा त्रिपक्षिय भिडन्त

३० कार्तिक २०७८, मंगलवार १६:३७
नेपालगञ्ज :  नेपाली काँग्रेस बाँकेमा आगामी मंसिर २ गते हुने नेपालगञ्ज उपमहानगरपालिकाको सभापति पदका लागि त्रिपक्षिय भिडन्त हुने देखिएको छ । उपमहानगरमा नेतृत्वको लागि मंसिर २ गते निर्वाचन हुँदै छ । बिहीबार हुने नगर अधिवेशनमा नेपालगञ्ज उपमहानगरको नेतृत्वको लागि बर्तमान नगर सभापति प्रशान्त विष्टले तेस्रो ईनिङ्गको लागि प्रतिष्पर्दामा उत्रेका छन् […]